अन्तर बिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र २४, मंगलबार
राजधानिमा सम्पन्न ११ औं उपत्यकाब्यापी अन्तरबिद्यालय एकल गायन प्रतियोगितामा रिलायन्स को. एड. स्कुलका आयन थापा प्रथम भएका छन् । काठमाडौं उपत्यकाका ३४ बिद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त गायन प्रतियोगितामा आफ्नो उत्कृष्ट गायकीमार्फत आयन थापाले प्रथम स्थान हासिल गरेका हुन् भने कोटदेवी पब्लिक स्कुलका समिपन राई द्वितीय र अमर ईङ्गलिस स्कुलका जेसिका श्रेष्ठ तृतीय भएका थिए ।
गीत रचना तर्फ रिलायन्स को. एडका लेखु सहयात्री प्रथम, न्युटन स्कुलका राम बहादुर केसी द्वितीय र कौशल इङ्गलिस बोर्डिङ्ग स्कुलका शीव प्रसाद अर्याल तृतीय भए भने संगीत तर्फ अमर इङ्गलिस स्कुलका सागर गौतम प्रथम, मनास्लु स्कुलका नारायण लामा द्वितीय र रिलायन्स को. एडका राजन खतिवडा तृतीय भएका छन् ।
बसुन्धरा नेसनल ऐकेडमीको आयोजना र हेमन्त शर्माको आतिथ्यता एवं प्रकाश सायमीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गायन प्रतियोगिताको निर्णायकहरुमा संगीतकार महेश खड्का, संगीतकार भानुभक्त ढकाल र गीतकार होम न्यौपाने रहनुभएको थियो ।
Categorized in साहित्य-कला


