STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्यायमा परेकालाई न्याय दिनुपर्छ ः मुख्यमन्त्री पौडेल

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताउनुभएको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा आज बिहान हेटौँडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै उहाँले न्यायाधीश कुनै बेलामा निर्मम बनेर भए पनि न्याय दिनुपर्र्ने बताउनुभयो । अन्यायमा परेकालाई न्याय दिनका लागि कुनै कसर बाँकी राख्न नहुने उहाँको भनाइ छ । न्यायमा सबै नागरिकको पहुँच हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सबै क्षेत्रमा सबैको समान पहुँच हुनुपर्छ । न्याय दिने न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ ।” उहाँले सरकारले गर्ने गौरवका आयोजनामा बाधा–अवरोध आएकाले त्यसो नगर्न आग्रहसमेत गर्नुभयो । प्रदेश ३ कै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले पहुँचका आधारमा न्याय दिने काम अब रोकिनुपर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय