STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपडेट : टौखेलका अमित शाहीको विभत्स हत्या

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार

काठमाडौं – ललितपुर गोदावरी नगरपालिका ३ वडा टौखेलका अमित शाहीको विभत्स हत्या भएको छ । स्थानीय एवं मृतक अमित शाहीका भान्जा राज शाहीले दिएको जानकारी अनुसार बुधबार राति ११ बजेसम्म अमित घरमै रहेको थियो । अचानक घरमा नदेखेपछि परिवारले खोजतलास गर्दा रातिको १ बजेतिर घरबाहिर हत्या गरिएको अवस्थामा अमित शाहीको शव भेटिएको थियो । मृतक शाहीको परिवार स्रोतले जानकारी दिएअनुसार अमित रातिको ११ बजे शौचालय जान बाहिर निस्केका थिए । तर उनी नफर्किएपछि खोजतलास गरिएको थियो । रातिको १ बजे घरनजिकको मकैबारीमा हत्या गरी फालिएको अवस्थामा भेटिएको थियो । अमित शाहीको खुट्टा डोरीले बाँधिएको थियो भने घाँटीमा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको अनुमान छ । यसैगरी शरीरका विभिन्न भागमा हतियार प्रहार गरिएको थियो । तौखेलमै मासु पसल राखी व्यवस्था सञ्चालन गर्दै आएका मृतक शाहीको श्रीमती र दुईजना छोरी छन् । हत्याको पूर्ण छानबिन गरी हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै परिवार, आफन्त र स्थानीयले नाराबारीसमेत गरेका थिए । स्थिति तनावग्रस्त हुन नदिन प्रहरीले शवलाई पोष्टमार्टमको लागि अस्पताल लगेको थियो । अहिलेसम्म कसले र केका लागि हत्या गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी प्रहरीले दिएको छ ।

तस्बिर : बि.के. जल्मी

Categorized in अपराध-दुर्घटना