अपडेट : सिन्धुपाल्चोक पहिरोमा ३ जनाको शव प्राप्त, २८ अझै बेपत्ता
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २८, आइतबार
काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् भने अझै २८ जनाको खोजि भइरहेको छ ।
पहिरोमा परी मृत्यु हुनेहरु नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला जनाइएको छ ।
गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । अहिलेसम्म ११ वटा घरमा क्षति पुगेको थाहा हुन आएको छ ।
Categorized in राष्ट्रिय