STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपाङ्गता भएकी युवती बलात्कृत

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ११, शनिबार

बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना