STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब करीब १५ दिनमा कमलपोखरीको उद्घाटन गर्ने मेयर शाक्यको उदघोष

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ माघ २६, बुधबार

माघ २६, काठमाडौं - काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने उदघोष गर्नु   भएको छ । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकासको अन्तिम चरणमा पुगेको बताउने मेयर शाक्यका अनुसार ठेकेदारले १५ दिन भित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेकाले  त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ  भनि भन्नु भएको हो । पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा यो पोखरीलाई विकास हुने उहाँले बताउनुभयो ।  

उहाँले चैत्यसँगै यहाँको साँस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरीपरी वृक्षारोपन गर्ने तयारी भएको पनि जनकारी दिनुभयो ।

एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उहाँको भनाई छ ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरण सहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको भन्दै जति सक्दो छिटो पोखरी उद्घाटनको तयारीमा रहेको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले करीब २३ रोपनी क्षेत्रफलमा पुर्ननिर्माण भैरहेको कमलपोखरी सहरी सौदर्य अभिबृद्धिको लागि उपयुक्त हुने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो ।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि पनि बस्नेतले जानकारी दिनुभयो । उहाँले परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरेको पनि जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापाले काठमाडौँ महानगरपालिका रहेको यो पोखरी हेर्न, बस्न र केही समय मनोरञ्जनसहित व्यतीत गर्न लायक हुने ढाँचासहित पुर्ननिर्माण गरिरहेको जानकारी दिनुभयो । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले अब पोखरी उद्घाटन गरेपछि यसको व्यवस्थापन गर्दै यसको महत्वलाई अझ उजागर गर्ने बताउनु भएको छ ।

Categorized in उपत्यका