अब बाटो छेक्ने तथा टाेल ‘सिल’ गर्नेलाई कारबाही
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार
काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै टोल–टोलमा स्थानीयको सक्रियतामा बाटो छेक्ने, आवतजावतमा अवरोध गर्ने एवं टोल नै ‘सिल’ गरी सुरक्षाकर्मीले जस्तो चेकजाँच गर्नेलाई कारबाही गर्ने निर्णय गृहमन्त्रालयले गरेको छ ।
आइतबार बेलुका बसेको गृहमन्त्रालयको बैठकले यसरी कहिं कतै कार्य भएको पाइएमा कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले एक विज्ञप्ति प्रकाशित गरी यस्ता कार्य गर्नेलाई कारबाही हुने जनाइएको छ ।
Categorized in राष्ट्रिय