STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अभिनेता धिरेन शाक्यले गरे ३८ औ‍ं पटक रक्तदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २३, बिहिबार

नेपालको चलचित्र क्षेत्रमा क्रियाशिल कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघ स्थापना भएको ३५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा विहिबार एक बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लाजिम्पाट स्थित नेपाली चुलोमा भएको रक्तदान कार्यक्रममा प्रमूख अतिथी को रुपमा आफ्नो उद्गार पोख्ने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष सुप्रसिद्द अभिनेता भुवन के सि ले आफु विगत चालिस वर्षदेखि चलचित्र क्षेत्रमा कार्य गर्दै आएको र आफु यो क्षेत्रको संरक्षण र सम्बर्द्दनमा लाग्ने कुरा बताए । 

यस्तैगरी चलचित्र निर्माता संघका नव निर्वाचित अध्यक्ष नवल खडकाले अहिले सिनेमा हलहरुले नेपाली चलचित्र भन्दा विदेशी चलचित्रलाई बढी प्रशय दिने गरेको गुनासो चर्किंदै गइरहेको कुरा अौंल्याउँदै यस्तो गलत कार्यको भत्सर्ना गरे ।

आयोजक संस्थाका अध्यक्ष रविन्द्र खडका को सभापतित्वमा सम्पन्न भएको अौपचारिक कार्यक्रममा उनले चलचित्र कलाकार संघ र अाफु संधै यही क्षेत्रको लागि चिन्तन मननमा लागिरहेको कुरा बताए । रक्तदान कार्यक्रमको अौपचारिक उदघाटन गर्ने क्रममा प्रमूख अतिथी के सि र विशिष्ट अतिथी संगीत नाट्य कला प्रज्ञा प्रतिष्ठानका उप कुलपति हरिहर शर्माद्वारा कार्यक्रमका पहिलो रक्तदाता अभिनेता धिरेन शाक्यलाई रक्तदान को लागि आवश्यक सामाग्री प्रदान गरेका थिए । 

अभिनेता शाक्यको यो रक्तदान ३८ औं पटकको रक्तदान थियो ।

 

Categorized in व्यक्तित्व