STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अभिनेत्री नम्रता श्रेष्ठ पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ को सल्लाहकार मनोनित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १०, बुधबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरेको कुरा आयाेजक संस्थाका अध्यक्ष के पि पाठकले जानकारी दिएका छन् । डेढ दशकदेखि नेपाली चलचित्रमा अनवरत रुपमा सकृय अभिनेत्री श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला प्रशंसनीय रहेको कुरा अध्यक्ष पाठकले बताए ।

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने  ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को छैंठौं संस्करणमा यस बर्ष ‘निफ’मा  ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने कुरा पनि पाठकले बताए  । 

 अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सव ‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ भने यी सबै कार्यक्रममा सल्लाहकारको हैसियतमा अभिनेत्री श्रेष्ठको सक्रियता रहने  विश्वास अायोजक संस्थाको रहेको छ ।

स्मरणीय कुरा के हो भने ‘निफ’को प्रमुख सल्लाहकारमा विशिष्ट अभिनेता तथा निर्देशक नी शाह रहेका छन् भने अभिनेता सुनिल थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार पनि सल्लाहकारको रुपमा रहेका छन् ।

Categorized in सिनेमा