अभिनेत्री श्वेता खड्का बिहे बन्धनमा बाँधिंदै
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १८, बिहिबार
काठमाडाैँ - बिहेको एक महिनामै पति वियोगमा परेकी अभिनेत्री श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ ।
अभिनेत्री खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । श्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र श्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।
उसो यसअघि पनि श्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् । उनै, श्वेता खड्काले आफूले मंसिर २२ गते बिहे गर्न लागेको पुष्टी गरिन् । उनले भनिन्–‘बिहे गर्ने पक्का भएको हो । बाँकी जानकारी म पछि दिनेछु ।
श्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, श्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् । श्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् ।
Categorized in सिनेमा

