STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अभियानकर्मी डा परियार सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारलाई इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकले सम्मान गरेको छ । डा परियारलाई इन्द्रावती गाउँपालिका र जर्सी सिटी अमेरिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न अतुलनीय योगदान गरेकाले सम्मान गरिएको हो ।  
डा परियारले भगिनी सम्बन्ध स्थापना गर्ने सन्दर्भमा सङ्कल्प प्रस्ताव पारित गर्न र जर्सी सिटी, न्यू जर्सी संयुक्त राज्य अमेरिका र इन्द्रावती गाउँपालिकाका प्रमुखबीच बृहत् हस्ताक्षर गराउनलगायत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । विष्णुमाया अहिले जर्सी सिटीका मेयर स्टेप अप फ्लोपका सल्लाहकार हुनुहुन्छ ।  
डा विष्णुमायालाई सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पछिल्लो पटक नेपालमा ‘ग्लोबल युथ लिडरसीप समिट– २०१९’ प्रदान गरिएको थियो । अमेरिकाको लुइस भिल्ले स्टेटमा सामाजिक अभियानकर्मी डा परियारले यसअघि हावर्ड विश्वविद्यालयले प्रदान गर्ने ‘ब्रिज विल्डर अवार्ड’ र डा ‘अम्बेड्कर ग्लोबल चेन्ज मेकर अवार्ड’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।  
 
सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोटगाउँको दलित बस्तीमा जन्मिनुभएकी डा परियारलाई अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डाक्टरको उपाधि प्रदान गरेको छ । उहाँले सामाजिक क्षेत्रमा पु¥याएको योगदानस्वरुप अहिले अमेरिकाको लुइस भिल्ले स्टेटमा विष्णुमायाको नाममा ‘विष्णुमाया डे’ मनाइँदै आएको छ । सोही अवसरमा समाजसेवी नवीन शेरचनलाई समेत सम्मान गरिएको थियो ।
Categorized in राष्ट्रिय