अमर कलाकार स्वतन्त्र संसार महर्जनको आत्मकथा " झीरमा उनेको मान्छे" लोकार्पण हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन २९, बुधबार
आफ्नो कलाकारिता प्रतिभा प्रस्तुत गर्दै जीवनमा गन्तव्य तिर यात्रारत कलाकार स्वतन्त्र संसार महर्जन दैवको लीला अपरम्पार भने जस्तै गत असार २८ गते अकस्मात् यो संसारबाट बिदा भए । आफ्नो जीवनकालमा कथं एउटा असाध्य रोगसंग जुझिरहेका स्वतन्त्र संसार महर्जन कलाकारिताको उन्नयन ह्वील चेयर र सहयोगीको सहयोग मा निरन्तर कलाकारिता क्षेत्रमा समर्पित व्यक्तित्व थिए भने स्वतन्त्र संसार महर्जनले संसार क्रियसन्स नेपाल लगायत संसार्स संगीतालय अादि जस्ता अप्रतिम् पाइलाहरु चाल्नु भएको थियो ।
उनै अदभुत र अद्वितीय प्रतिभाका धनी स्वतन्त्र संसारले आफ्नो जीवनकालमा नै एउटा आत्मवृतान्त लेख्न शुरु गरेका थिए । सो कृतिका लेखक दिपक विवश 'आँशु' ले स्वतन्त्र संसार महर्जनको आत्मकथा लेख्न शुरु गरेका थिए । "स्वतन्त्र संसार महर्जन (झीरमा उनेको मान्छे)" शीर्षक राखेर लेखिएको कृति 'झीरमा उनेको मान्छे (स्वतन्त्र संसार महर्जन)' लाई "युग नायक अमर कलाकार"को जीवन परिचय का रुपमा लिन सकिने कुरा कृतिका लेखक अाँशुले बताए । दिपक विवश 'आँशु' ले यो उपाधि असत्य वा कल्पित हैन, सत्यताको परिचायक हो भनि बताए ।,
उनै युग नायक अमर कलाकार स्वतन्त्र संसार महर्जनको आत्मकथा "स्वतन्त्र संसार महर्जन (झीरमा उनको मान्छे)" कृति आगामि ने.सं. ११४५ कौलागा त्रयोदसी (कार्तिक २ गते) आइतवार खोकनामा लोकार्पण हुने भएको छ।
ललितपुर जिल्लाको खोकना क्याटरिङ पार्टी भेन्यू कार्यविनायक, बुंगमती मा कार्तिक २ गते आइतवार विहान ११ बजे स्वतन्त्र संसार महर्जनको आत्मवृतान्त "स्वतन्त्र संसार महर्जन (झीरमा उनेको मान्छे)" लोकार्पण समारोहमा सम्पूर्ण कला प्रेमीहरुको उपस्थिति कोलागि आयोजक संसार क्रियसन्स नेपालले अनुरोध गरेको छ ।
Categorized in साहित्य-कला


