STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकाकाे कोभिडविरुद्धको खोप अभियानमा सेना परिचालन

Janjati Khabar – रासस | २०७७ माघ २५, आइतबार

संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै सुरू भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ।

पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरूद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ।

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले सेना परिचालनका लागि गरेको अनुरोधलाई रक्षा मन्त्रालयले स्वीकार गरेको छ। अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ।

सहयोगअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रूपमा यो खोप दिने प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरू सार्वजनिक स्थलमा राखिने बताएका छन्।

यसका लागि सेनाले सैनिक चिकित्सकहरू र स्वास्थ्यकर्मी खटाउने भएको अधिकारीले जानकारी दिएका छन्। अमेरिकामा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरूको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरूद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ।

Categorized in अन्तर्राष्ट्रिय