STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकाकाे स्कुलमा गाेली चल्दा १८ बालबालिका मारिए

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ११, बुधबार

एजेन्सी - टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा  सहित कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।

घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् ।

एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएका थिए । रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ ।

प्रहरीले पनि स्थानीय समयअनुसार बिहान करिब ११ः३२ बजे रोब इलिमेन्टरी स्कुलमा घटना भएको र संदिग्ध व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार मारिने विद्यार्थी दोस्रो, तेस्रो र चौथो कक्षामा रहेका बालबालिकाहरू रहेका छन् ।

उभाल्देमा भएको गोलीबारी मे महिनामा संयुक्त राज्य अमेरिकामा भएका धेरै सामूहिक गोलीबारी मध्ये एक हो। गन वाइलेन्स आर्काइभले सामूहिक गोलीबारीलाई चार वा बढी व्यक्ति घाइते वा मारिएको घटना भनेर परिभाषित गर्दछ । संस्थाले यस वर्ष मेको मध्यदेखि हालसम्म २१५ वटा यस्ता गोलीकाण्डहरू रेकर्ड गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय