STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २, सोमबार

अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ । घटना भएको बेला घटनास्थलमा ३५ जना रहेका थिए । उनीहरु फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले जानकारी दिनुभयो । प्रारम्भिक विवरण अनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ती व्यक्तिको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय