STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकामा भएको अवार्डको समापन र घोषणा नेपालमा सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २९, मंगलबार

नेपाल फिल्म सोसाइटीको सकृयतामा अमेरिकामा सम्पन्न सातौं Global Nepali Film Award को समापन अाइतबार सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको प्रेक्षालयमा सम्पन्न सो समारोह मा सोसाइटीका अध्यक्ष प्रसिद्ध अभिनेता कृष्ण मल्लले ," हामीले  प्रत्येक पटक अमेरिकामा आयोजना गरिने ग्ल‍ोबल फिल्म अवार्डको समापन नेपालमा गर्ने गरेका छौैं। अमेरिकामा विविध कारणले जान नपाउनु भएका चलचित्रकर्मीहरुलाई समापन समार‍ोहमा उहाँहरुको ट्रफि तथा प्रमाण पत्र सहित सम्मान गरिने गरिएकोछ । हिजो पनि गत वर्षक‍ो उत्कृष्ठ चलचित्र भष्मे डन, निर्देशक दिपेन्द्र खनाल, अभिनेता दयाहाङ राई र अभिनेत्री सुरक्षा पन्त, जुरी उत्कृष्ठ अभिनेता अवार्ड सरोज खनाल लाई ससम्मान प्रदान गरियो।  साथै रामकेशर स्मृति सम्मान डा घनश्याम खतिवडा र गेहेन्द्र धिमाल स्मृति सम्मान महादेव त्रीपाठीलाई प्रदान गरियो।" भनि भन्नु भएको छ । 

सो समारोहमा जुरी संयोजक रविन्द्र खड्का, जुरी सदश्यहरु शर्मिला मल्ल,नारायण प्रधान,मोहनकृष्ण श्रेष्ठ तथा दुर्गा विशुराललाई पनि ट्रफि तथा प्रमाण पत्र प्रदान गरियो।  साथै हाम्रा प्रायोजक तथा सहयोगीहरुलाई पनि मायाको चिनो प्रदान गर्ने कार्य सम्पन्न भएकोछ।

ATA Everest Global Nepali Film Award को आठौं संस्करण अमेरिकाको कोलोराडो राज्यको डेन्भर शहरमा यहि 2025 August 9 तारेखमा आय‍ोजना गरिने भएको कुराको घोषणा पनि सो समारोह मा गरिएको थियो । सो समारोहका लागि २००० दर्शक अट्ने Macky Auditorium hall  र होटेल बुक भैसकेको कुरा पनि सो समारोह मा जानकारी गराइएको थियो ।2024 मा प्रदर्शित चलचित्रहरु समावेस हुने सो समारोहका लागि नेपालमा पनि तयारी थालिसकिएको र यसको लागि जुरी प्यानेल पनि चाडै नै गठन गरिने भएकोछ। यस वर्ष उक्त समारोहको आयोजनाको सम्पूर्ण जिम्मेवारी अमेरिकामा रहेको सामाजिक संस्था Helping Hands Health Education Inernational र अमेरिकी संस्था  Boulder Phill Harmony Orchestra ले लिएकोछ। Nepal Film Society  र Global Nepali Film Award LLC को आयोजनामा हुने सो कार्यक्रमको शिर्ष प्रायोजक सदाझैं ATA Everest Group रहेको छ।

Categorized in सिनेमा