STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २७, शुक्रबार

अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ । जापानको निक्की २२५ मा १।१ प्रतिशतले वृद्धि भई २१,९८९।२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०।६ प्रतिशत वृद्धि भई २७,२६२।८० विन्दुमा पुगेको छ । सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९।२० विन्दुमा पुगेको छ । शाङ्घाई, ताइवान र दक्षिण कोरियाको शेयर बजारमा भने विदाका कारण शुक्रबार कारोबार भएन । भारतको सेन्सेक्स ३७,०९२।८१ विन्दुमा रहेको छ । सिंगापुर, बैंकक र जकार्ताको शेयर बजारमा वृद्धि भए पनि मलेसियाको शेयर बजार घटेको छ । अमेरिका र चीनबीच वार्ता हुने खबर सार्वजनिक भएलगत्तै गएराति वालस्ट्रिटको शेयर बजार बढेको थियो । अमेरिकाले चीनबाट आयात हुने सामानमा दुई साता अर्थात अक्टोबर १५ सम्म करवृद्धिमा ढिलाई गर्ने घोषणा गरेको थियो । तर विगतमा प्रयोगमा आइसकेका करहरु भने यथावत रहने छन् ।
Categorized in अन्तर्राष्ट्रिय