STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिका–तालिबान वार्ता बुधबारदेखि हुँदैछ – तालिबान

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदैछ । तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताउनुभयो । हालैका महिनाहरुमा दुबै पक्षबीच छ चरणको वार्ता भइसकेको छ । तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले नयाँ चरणको वार्ता कतारको दोहामा बुधबारदेखि हुने जानकारी दिनुभयो । काबुलस्थित अमेरिकी राजदूताबासले उक्त वार्ताका बारेमा कुनै टिप्पणी गरेको छैन । तर अमेरिकी विदेश मन्त्रालयले यसअघि नै अफगानिस्तानका लागि विशेषदूत जाल्मे खलिलजाद यसै महिना तालिबानसँग भेटघाट गर्न जानुहुने बताइसकेको छ । अफगानिस्तानका लागि पूर्व अमेरिकी राजदूत समेत रहिसकेका खलिलजादले अफगान शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन पहल गरिरहनुभएको छ । आइतबार वासिङ्टन डिसीमा कुरा गर्दै खलिलजादले अफगान युद्धमा वार्षिक ४५ अर्ब अमेरिकी डलर खर्च भइरहेको जानकारी दिनुभयो । अमेरिकी करदाताको यत्रो रकम सैनिक प्रयोजनमा खर्च गरिरहनु ठीक होइन, उहाँले भन्नुभयो । सन् २००१ देखि यतामात्र अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भइरहेको युद्धमा दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक जतिसक्दो चाँडो स्वदेश फर्काउने घोषणा यसअघि नै गरिसक्नुभएको छ । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सेना तैनाथ छन् ।
Categorized in अन्तर्राष्ट्रिय