STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकी राष्ट्रपतिमा कमला ह्यारिसलाई समर्थन गर्ने जो बाइडनको घोषणा

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ८, मंगलबार

काठमाडौं - अमेरिकाका राष्ट्रपति जो बाइडनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन्। आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेर उनले उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका हुन्। 

उनले डेमोक्र्याटिक पार्टीबाट ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउन समर्थन गर्ने घोषणा गरेका हुन्। 

८१ वर्षीय बाइडनले एक विज्ञप्ति जारी गर्दै आइतबार राती  ‘पार्टी र देशको हितका लागि’ आफूले पुनः राष्ट्रपति बन्ने योजना त्यागेको उल्लखे गरेका छन्।

यता उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताएकी छन्। यद्यपी उनको ह्यारिसलाई पार्टीले आधिकारिक रूपमा उम्मेदवार घोषणा गर्न भने बाँकी रहेको छ।अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ।

बाइडनले विज्ञप्तिमा उम्मेदवारी त्याग्ने तर यो कार्यकाल भने पूरै राष्ट्रपतिका रुपमा काम गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्,‘बाँकी कार्यकाल राष्ट्रपतिको भूमिकामा केन्द्रित हुनु नै म, मेरो पार्टी र मेरो देशको को सर्वोत्तम हितमा हुनेछ।’ 

Categorized in अन्तर्राष्ट्रिय