STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकी सैनिकको मृत्यु भएको पेन्टागनको भनाई

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २५, बुधबार

अफगानिस्तानमा तैनाथ मेरिकी सेनाका एक सदस्यको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ । अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ । उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए । पेन्टागनले उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । अफगानिस्तानमा संयुक्तराज्य अमेरिकाका करिब १४ हजार सैनिक तैनाथ छन् ।
Categorized in अन्तर्राष्ट्रिय