STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अयोग्य लडाकुलाई पैसा दिने निर्णय फिर्ता नभए जस्तोसुकै कदम उठाउने एमालेको चेतावनी

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १५, शुक्रबार

काठमाडौं - अयोग्य लडाकुलाई सरकारले दुई/ दुई लाखको दरले दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरिले देशको अर्थतन्त्र जोखिममा भएको बेलामा सरकारले कार्यविधि बनाएर पैसा बाँड्न लागेकोप्रति आपत्ति जनाएका हुन्।

एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाको नाममा चालु आर्थिक वर्षमै छुट्टइएको उल्लेख गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको काम थाति रहँदा सरकारलाई त्यसतर्फ चासो नभएको बताए। उनले भने, ‘देशबाट पैसा निकालेर कार्यकर्ताहरुलाई लडाकुको नाममा पैसा बाँडिन्छ।’

गरिब मर्ने अवस्था आएको बेलामा राज्यकोषको दोहन गरेर दिनदहाडै देश लुटिएको आरोप लगाए। उनले यो निर्णय स्वीकार्य नहुने भएकाले तत्काल खारेज गर्न सरकारसँग माग गरे।

उनले भने, ‘हाम्रो मागलाई सुन्ने काम नसुनेस नजरअन्दार गरेर सरकार अगाडि बढ्यो भने जस्तोसुकै कदम उठाउँन तयार हुन्छौं।’

विकास निर्माण र कर्मचारीको तलबभत्ता समेत रोकिएको अवस्थामा सरकारले कार्यकर्ता पोष्न खोजेको आरोप लगाए।

 

Categorized in राजनीति