STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अर्को एउटा गीतमा ‘दशैंको टिका’

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन ७, मंगलबार

नेपालीहरुको महान चाड दशैं आउँदा दशैं सम्बन्धी गीतहरु बजार मा आउने क्रमले तीब्रता लिने गर्दछ । गीतमा दशैं झल्काउन विशेषत टिकाको ठुलो महत्व हुने गर्दछ ।  यसै क्रममा नेपाली चलचित्र क्षेत्रमा एकताका हाउडे , छिमेकि लगायतका फिल्म बनाएका  निर्माता तथा अभिनेता ईश्वर थापा विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृती संरक्षणमा सदैव सकृय रहदैआउनु हुने व्यक्तित्व हुनुहुन्छ ।

यसैक्रममा नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर दशैं गीत ‘दशैंको टिका’ को भिडियो सार्वजनिक गर्नु भएको छ । सुदीप पाण्डेको शब्द, एडवर्ड थापाको स्वर हरेको गीतको भिडियोमा विष्णु ढकाल, लक्ष्मी ढकाल, दुर्गा दाहाल, अर्जुन सापकोटा, सुदीप पाण्डे, ईश्वर थापा लगायतको अभिनय रहेको छ ।

क्यानाडाको विन्ड्जरमा छायांकन गरिएको दशैैंको वातावरणमा परिवारजनको भेटघारलाई भिडियोमा कैद गरिएको यसमा संगीत, एरेन्ज र मिक्स ईश्वर थापा, छायांकन र सम्पादन हेरुका लामा, निर्देशन ईश्वर थापा कै रहेको छ ।

Categorized in राष्ट्रिय