STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अर्जुनधारामा विपन्न परिवारका लागि घर निर्माण गरिँदै

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २०, शुक्रबार

विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम शुरु भएको छ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय इलामले घर निर्माणको काम शुरु गरेको हो । घर निर्माणका लागि रु एक करोड नौ लाख ७२ हजार ५०० बजेट विनियोजन भएको प्रदेश नं १ का प्रदेशसभा सदस्य वृख प्रधानले बताउनुभयो । अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वल साहको घर शिलान्यास गर्दै प्रधानले भन्नुभयो, “लक्षित वर्ग कार्यक्रमअन्तर्गत बन्ने घर भूकम्प प्रतिरोधात्मक हुन्छन्, एउटा घर निर्माणका लागि रु तीन लाख २५ हजार खर्च हुन्छ ।” आर्थिक वर्ष २०७६÷७७ को सङ्घीय सरकारद्वारा विनियोजित बजेटबाट २८ र प्रदेश सरकारबाट पाँच गरी अर्जुनधारा नगरपालिकाभित्र ३३ घर निर्माणको काम शुरु भएको उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय