अर्थ र गृह मन्त्रालय कांग्रेसलाई दिएर सरकार गठन गर्ने ओलीकाे नयाँ दाउ
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार
काठमाडौं - सत्तारुढ दल नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई सरकारमा सहभागी भए महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासंग गृह सहित अर्थमन्त्रालय दिने कुरा गरेको रहस्य खुलेको छ । प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन नसकेको भन्दै पार्टीकै नेताहरुले राजिनामा मागेको बेलामा ओलीले विपक्षी दलसंग मिलेर दाउपेच चलेका छन् । नेपाली कांग्रेसका नेता देउवाको घरमा पनि नेकपाका नेताहरु पुगेको बताइएको छ । प्रधानमन्त्रीले अर्का नेता शुभाष चन्द्र नेम्वागंलाई यस्तो प्रस्ताव सहित देउवा निवास पठाएको चर्चा चलेको छ ।
नेम्वाङले कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर अर्थ र गृह मन्त्रालय सहित लिएर सरकार गठन गर्ने प्रस्ताव राखेको पार्टीको पदाधिकारी बैठकमा राखेको बताइएको छ । सभापति देउवाको भनाई उदृत गर्दै देउवाको सचिवालले भन्यो–अब नेकपा फुटदैछ, सरकारमा सहभागी हुन प्रस्ताव आएको छ, तयारी अवस्थामा बस्न प्रस्ताव आएको छ ।’
आइतबार बिहान सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यदि काँग्रेसले साथ दिने हो भने काँग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने प्रस्ताव गरेको कांग्रेस स्रोतले बताएको हो ।
नेकपामा विवाद चुलिएको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासंग निकटता बढेको छ । चार दिन अघि बालुवाटारमै बोलाएर प्रधानमन्त्रीले देउवासंग कुराकानी गरेका थिए ।
आइतवार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तामा पनि कुनै सहमति जुटन सकेन् । दलभित्र असमझदारी बढदै गएको बेला ओलीले कांग्रेसँग मिलेर सरकार गठन गर्ने विषयलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
Categorized in राजनीति