STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अव्यवस्थित फुटपाथ पसल हटाउँदै स्थानीय युवा

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार

काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि दुई महिना लामो लकडाउनपछि अहिले बजार बिस्तारै खुल्दै गएको र मानिसहरु बाहिर निस्किन थालेका छन् । लकडाउनको समय स्थानीय क्षेत्रमा जिल्लाबाहिरका मानिसहरु भित्र्याउन नहुने र उनीहरुबाट संक्रमणको जोखिम धेरै रहने देखिएको छ । बाहिरबाट आउनेहरुले राखेका फुटपाथ पसलको कारण पनि कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले अव्यवस्थित रुपमा राखिएका फुटपाथ पसलहरु हटाउन अभियान स्थानीयले थालेका छन् । सोमबारदेखि सुरु यस अभियानअन्तर्गत परोपकार पुलदेखि मरुटोल, मखनटोल, इन्द्रचोक, किलागल, नरदेवी, क्षेत्रपाटी, थँहिति, मछिन्द्रबहाल, असन, भोताहिति र जमलसम्मका सडकमा राखिएका फुटपाथ पसलहरु हटाइएको छ । स्टार क्लबका अध्यक्ष चन्द्रकुमार महर्जनको संयोजकत्वमा जागरुक युवा समूह नाम दिई थालिएको उक्त अभियानमा प्रत्येक रुटका प्रत्येक क्लबका एक–एकजना सदस्य रहेको जानकारी अभियान समूहका सदस्य एवं काठमाडौं महानगरपालिका २४ वडाका वडा सदस्य विनोद तुुलाधरले जानकारी दिएका छन् । तुलाधरले प्रत्येक वडाका वडा सदस्यहरु यस समूहका सदस्य रहेका जानकारी दिएका छन् ।
Categorized in उपत्यका