STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असनमा आगलागी : ३५ लाखको क्षति

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १०, बिहिबार

काठमाडौं - काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति भएको छ ।

अन्नपूर्ण मन्दिरनजिकैको एक घरमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँतलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युत्को तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् ।

घटनास्थलमा परिसरबाट प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारको कमाण्डमा गएको १५ जनाको टोली र जुद्ध बारुण न्युरोडको दुई वटा बारुणयण्त्र र ललितपुरको एक गरी तीन वटा दमकलको सहयोगमा आगो निभाइएको उनले बताइन् ।

Categorized in अपराध-दुर्घटना