STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असान्ज गिरफ्तार

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मजिस्ट्रेट समक्ष प्रस्तुत गरिने जनाएको छ । असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बस्नुभएको थियो । राजदूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गरिने खतरा रहेको उहाँले दाबी गर्दै आउनुभएको थियो । उहाँमाथि अमेरिकी हजारौं वर्गीकृत सैनिक तथा कुटनीतिक केबल पत्राचार विकिलिक्स मार्फत सार्वजनिक गरेको आरोप छ । –
Categorized in अन्तर्राष्ट्रिय