STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असोज दोस्रो साता ‘झापा स्पोर्टस् अवार्ड’

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २, सोमबार

असोज दोस्रो साता ‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ जिल्ला समन्वय शाखा झापाको आयोजनामा उक्त स्पोर्टस् अवार्ड गर्न लागिएको हो । अवार्ड सम्पन्न गर्र्न बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो । मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ । कार्यक्रममा वर्ष खेलाडी पुरुषलाई एक थान मोटरसाइकल, वर्ष खेलाडी ९महिला०लाई एक थान स्कुटर तथा वर्ष खेलाडी ९युवा०, उत्कृष्ट वर्ष प्रशिक्षक र पिपुल्स च्वाइसअन्तर्गत एउटा खेलाडीलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने छ । यस्तै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जनालाई रु ३५ हजार प्रदान गरिने अध्यक्ष खरेलले बताउनुभयो ।
Categorized in राष्ट्रिय