STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असोज १ देखि सुपथ मूल्य पसल सञ्चालनमा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २२, मंगलबार

काठमाडौं - सरकारले आउँदो असोज १ गतेदेखि एक हप्तासम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ ।

केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औं बैठकले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य निकायहरूको समन्वयमा विस्तृत कार्ययोजना तयार गरी १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालनासहित सहज यात्रा व्यवस्थापनलगायत कामको व्यवस्थापन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत गराउन निर्देशन दिएको छ ।

Categorized in बिजनेस