relans
ni new 83
nib 2082 5

अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १४, बुधबार

एजेन्सी - समूह ‘डी’को अन्तिम खेलमा डेनमार्कलाई १–० गोलको नतिजामा पराजित गर्दै अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ। अल जानोब रंगशालामा भएको खेलको ६०औं मिनेटमा म्याथ्यु लेकीले गरेको एक मात्र गोल निर्णायक बन्यो।

छैटौं पटक विश्वकप खेलिरहेको अस्ट्रेलिया सन् २००६ मा पछिल्लो पटक विश्वकपको नकआउट चरणमा पुगेको थियो। जर्मनीमा भएको त्यो विश्वकपको अन्तिम १६ मा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो।

आफ्नो समूहको उपविजेता बनेको अस्ट्रेलियाले समूह ‘सी’को विजेतासँग खेल्ने छ। समूह ‘सी’मा अर्जेन्टिना, मेक्सिको, पोल्यान्ड र साउदी अरब छन्।

बुधबार राति नै भएको अर्को खेलमा ट्युनिसियाले साविक विजेता फ्रान्सलाई १–० गोलको नतिजामा पराजित गरेको छ। यद्यपि, फ्रान्स सुरुआती दुई खेलमा निकालेको जितसहित समूह विजेता बन्दै नकआउटमा पुगिसकेको छ।

ट्युनिसियाको जितमा वाहबी खाज्रीले ५८औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

Categorized in खेलकुद
ppp 2