अस्पतालबाट भागेका संक्रमितमध्ये एक सम्पर्कमा, एकजना बेपत्ता
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
काठमाडौं – वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोनाभाइरस संक्रमितमध्ये एकजना सम्पर्कमा आएका छन् भने एकजनाको खोजि भइरहेको जनाइएको छ ।
आइसोलेसन रहेर उपचार गराइरहेका दुईजना संक्रमित राजनाथ यादव र असफर हवारी भागेको अस्पताल स्रोतले जनाएको छ । उनीहरु शौचालयको झ्यालबाट भागेका हुन् ।
पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् ।
Categorized in राष्ट्रिय