आँखा दानको कथामा आराध्य लक्ष्मी सरस्वती बन्दै
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार
विजयरत्न असंबरे
कोरोना संक्रमणबाट बच्न लकडाउन पालना गर्दै अन्तत: २२ मिनेटको " सरस्वती " नामको लघु चलचित्र (Docu drama) तयार गरीएको छ। आँखादानबारे जनचेतना जगाउने यो लघु चलचित्रमा शुभ बहादुर सुनाम र राजु सिंहको संगीत रहेको दुई गीतहरु रहेका छन् भने ती गीतहरुमा आनन्द कार्की, निशा देशार, सुरज कुमार थापा, सरिता शाही, जीना रसाईलीको स्वर रहेको छ । गीतहरुकालागि संगीत संयोजन जीवित जल्मी र राजेश श्रेष्ठले गर्नु भएको हो। काभ्रेको मगर गाउँ, ललितपुरको खोकना र तिलगंगा आँखा अस्पतालमा मुख्यत छायांकन गरिएको यो चलचित्रको कथा, पटकथा, गीत रचना र कला निर्देशन आनन्द रत्न बज्राचार्यको रहेको छ भने यादव भोछिभोयाको निर्देशन, क्यामरा र सम्पादन रहेको यो लघु चलचित्र को मुख्य कलाकार सरस्वतिको भुमिकामा आराध्य लक्ष्मी खड्गी रहेका छन्। सरस्वति बनेकि आराध्यले आफ्नोलागि यो रोल चुनौती पुर्ण भएको मात्र नभएर महत्वपुर्ण पनि रहेको बताएकि छिन् भने उनीसंगै यस चलचित्रमा मुख्य कलाकारमै कृष्ण भक्त महर्जन, एजन राजभण्डारी र बालकलाकार सिम्रिक श्रेष्ठले पनि अभिनय गरेका छन् । डा. लीना बज्राचार्य, शंख नारायण त्वायना, हरिराम पौडेल र शीलु अधिकारीले सहायक कलाकारको रुपमा महत्वपूर्ण भूमिका खेल्नु भएको यस चलचित्रको अंग्रेजीमा sub title समेत भएकोले अंग्रेजी बुझ्नेहरुका लागी नि उपयोगी हुने कुराको Social Action Network SAN Nepal कोतर्फ़बाट आनन्द रत्न बज्राचार्यले बिश्वाश व्यक्त गर्नुकासाथै सरस्वती तयार गर्ने क्रममा प्रत्यक्ष र प्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा धन्यबाद पनि व्यक्त गरेका छन् । Categorized in सिनेमा


