STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आइतबाको बिदा हटाउने मन्त्रिपरिषद्को निर्णय, असार १ देखि लागु हुने

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २३, सोमबार

काठमाडौं - सरकारले आइतबार दिँदै आएको बिदा हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेको हो।

यसअघि सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। दुई दिन बिदा दिँदा प्रशासनिक अफ्ठ्याराहरु आएको र अस्पतालहरुमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो।

नेपालमा दुई दिने विवाद कार्यान्वयनमा जटिलता आएपछि सरोकारवालहरुले आइतबारको बिदा कटौति गर्न दबाब दिँदै आएका थिए। सोहीबमोजिम आइतबारको विदा हटाउने निर्णय भएको एक मन्त्रीले बताए।

असार १ गतेदेखि अब आइतबार बिदा हुने छैन। साता बिदा शनिबारमात्र हुनेछ। गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो।

Categorized in राष्ट्रिय