STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १४, शनिबार

काठमाडौं - प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ।

संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले १ बजे बस्ने बैठकमा एमसीसी विषयमाथि छलफल हुने जानकारी दिएका छन्।

त्यसअघि सभामुख अग्नप्रसाद सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। गत फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीले एमसीसीको प्रस्ताव संसदमा पेश गरेका थिए। 

Categorized in राजनीति