STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आइतबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १४, बुधबार

काठमाडौं - शनिबार मात्र सार्वजनिक बिदा दिँदै आएको सरकारले अब आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुनेगरी बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ । मन्त्री कार्कीले यो निर्णयबारे विस्तृत रूपमा बताइसकेका छैनन् र यो परीक्षणको रूपमा बिदा दिने निर्णय भएको हो । पेट्राेलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले यो निर्णय सार्वजनिक गरिएको टिप्पणी गरिँदै छ ।

Categorized in राष्ट्रिय