आईफा अवार्ड नेपालमा नहुने भयो
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार
भारतीय फिल्म अर्वाड आईफ आयोजन गर्ने निर्णय फिर्ता लिएको छ । चौतर्फी विरोध भएपछि फिल्म आईफा अवार्ड कायैक्रम नहुने भएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत दिपकराज जोशीले आइफा अर्वाड नहुने जानकारी दिनुभएको छ । अब एक दुइ वर्षपछि मात्र कार्यक्रम हुन
सक्ने सम्भावना छ भन्नु भयो ।
अषार ८ गते भएको मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अर्वाड आईफा कार्यक्रम नेपालमा हुने भनिएको थियो । उक्त कार्यक्रम गर्न निम्ति काठमाडौं
महानगरपालिकाले ४४ करोड अनुदान गर्ने भनिएको थियो । उक्त कार्यक्रम नेपाली नागरिकले तिरेको करबाट अनुदान गर्ने भन्ने बारेमा विरोध भएको हो ।
Categorized in राष्ट्रिय