STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आगलागी पीडितलाई सहयोग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

बाँके नरैनापुर गाउँपालिका–१ कट्कुइयाँका आगलागी पीडितलाई राहत सामग्री प्रदान गरिएको छ । गाउँपालिकाको समन्वयमा बागेश्वरी असल शासन क्लब ९बास०ले आगलागी पीडित १५ घरपरिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको हो । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगलागी पीडितलाई प्रतिपरिवारलाई कम्बल एक थान, २५ किलो चामल, खाने तेल, नूनलगायतका सामग्री प्रदान गर्दै आगलागीका घटना हुन नदिन गाउँपालिका क्षेत्रका नागरिकले पूर्ण सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सहयोगी संस्थाहरुलाई धन्यवाद दिँदै अत्यन्त आवश्यक परेको समयमा प्रदान गरिएको थोरै सहयोगले पनि पीडितहरुलाई ठूलो राहत महसुस भएको बताउनुभयो ।
Categorized in राष्ट्रिय