आजकाे प्रतिनिधसभा बैठकमा प्रतिपक्षा बेञ्चमा कांग्रेस-एमाले बस्दै
Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १७, बुधबार
काठमाडौं - आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सरकारमा सत्ता समीकरण बदलिएपछि पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
आजको बैठकमा भर्खरै सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग राष्ट्रपतिमा आफूलाई समर्थन गर्न मनाएको कांग्रेस पनि प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ ।
त्यस्तै यसअघि सत्ता साझेदारको रुपमा रहेको नेकपा एमाले पनि आजको बैठकमा प्रतिपक्षी बेञ्चमै बस्नेछ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाटसमेत बाहिरिसकेको अवस्था छ ।
कांग्रेसले भने आफूहरु सरकारलाई समर्थन गरेकै अवस्था भएपनि सरकारमा सामेल भइनसकेको अवस्थामा प्रतिपक्षी बेञ्चमै बस्ने जनाएको छ ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको अवस्थामा प्रतिपक्षी कुर्सीमा बस्न नहुने कानून विदहरुले टिप्पणी पनि गर्दै आएका छन् ।
Categorized in राजनीति

