relans
ni new 83
nib 2082 5

आजदेखि काेरियन भाषा परीक्षा सुरू

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १९, बिहिबार

काठमाडौं - कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ।

कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आजदेखि सञ्चालन हुन लागेको हो। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि असार ३ सम्म सञ्चालन हुन लागेको हो।

इपिएस शाखाका अनुसार परीक्षा ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा सञ्चालन हुने छ। जस अनुसार पहिलो सिफ्ट बिहान १० बजेदेखि सुरू भएकाे छ भने दोस्रो सिफ्ट बिहान साढे ११ बजे र तेस्रो सिफ्ट दिउँसो २ बजे सुरु हुने छ।

परीक्षा सुरु हुनु भन्दा एक घण्टा अगावै परीक्षार्थीहरुलाई परीक्षा हल भित्र अभिमुखीकरण दिइने छ। रोजगारीका लागि कोरिया जान ४३ हजार भन्दा बढीले आवेदन दिएका छन्।

भाषा परीक्षा पास गरेकामध्ये ९ हजार ५ सय १३ जनालाई यसै वर्ष कोरिया पठाउने तयारी छ। यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो।

Categorized in राष्ट्रिय
ppp 2