relans
ni new 83
nib 2082 5

आज देशका चारवटा प्रदेशमा वर्षा हुने

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १५, शुक्रबार

काठमाडौं - आज शुक्रबार दिउँसो देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ।

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा महाशाखाको अनुमान छ। 

शुक्रबार राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

Categorized in स्वास्थ्य-मौसम
ppp 2