STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज पनि शिक्षकहरू सडकमा, विद्यालयहरू अनिश्चितकालीन बन्द

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ४, बिहिबार

काठमाडौं - आजदेखि सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द भएका छन् ।

आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द  भएको हो ।

आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबारदेखि अनिश्चितकालिन बिद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन बिद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरु प्रति गम्भिर नभए पछि बाध्य भएर सडकमा आउनु परेको हो ।

Categorized in शिक्षा