STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज मुलुकभर बाढी पहिरोले ६ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक २, मंगलबार

काठमाडौं - अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परेर मंगलबार देशभर ६ जनाको मृत्यु भएको छ। साथै ५ जना घाइते भएका गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। पहिरोले ४ वटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । ५०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

'विगत ३ दिनदेखि परेको अविरल वर्षाको कारण देशका कालिकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्लाहरु प्रभावित भएका छन्', विज्ञप्तिमा उल्लेख गरिएको छ, 'बाढी पहिरोबाट कालिकोटमा १ जना, डडेलधुरामा १, डोटीमा २ सुनसरीमा २ जना गरी ६ जना मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । ४ वटा घर पहिरोले पूर्ण क्षति भएको छ भने करिव ५०० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।'

पहिरोले कतिपय जिल्लामा सञ्चार सम्पर्क, विद्युत सेवा, सडक अवरोध भएको कारण उद्धार कार्यमा कठिनाइ भए पनि सुरक्षाकर्मी, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश सरकार, स्थानीय तहको सहयोगमा खोजी र उद्धारको प्रयास भइरहेको छ।  

वर्षा नरोकिएकोले तटीय र जोखिमयुक्त स्थानमा रहेका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन गृह मन्त्रालय अनुरोध गरेको छ। 

Categorized in स्वास्थ्य-मौसम