STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज विराट नेपालभाषा साहित्य सम्मेलन हुँदै

Janjati Khabar – Rakesh Maharjan | २०७७ कार्तिक १२, बुधबार

काठमाडौं – ५९ औं विराट नेपालभाषा साहित्य सम्मेलन आज बुधबार दिउँसो १२ः१५ बजेबाट सुरु हुँदैछ ।

विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको आयोजनामा हुने यस वर्षको नेपालभाषा सम्मेलन भर्चुअलरुपमै हुने भएको छ ।

वर्षेनी दशैंको द्वादशीको दिन भक्तपुरमा हुँदै आएको सम्मेलन यस वर्ष कोरोना जोखिमको कारण यस वर्ष भर्चुअल रुपमा हुन लागेको हो ।

यस वर्षको सम्मेलनमा गुठीको मुखपत्र ‘ह्याउँबाला’ २८ अंकको विमोचनको पनि हुने भएको छ ।

गुठीले नेपालभाषा विषय लिएर एसएलसीमा उत्कृष्ट अंक ल्याउने जगतसुन्दर ब्वनेकुथिका छात्रा सुस्मिता राजभण्डारीलाई ‘नेपालभाषा पदक’ तथा स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने नेपालभाषा केन्द्रीय विभागका छात्र कविन श्रेष्ठलाई ‘विराट सुरत्न सिरपा’ पनि दिइने भएको छ ।

सम्मेलनमा नेपालभाषाका लोकप्रिय एवं प्रख्यात साहित्यकारहरुको साहित्य वाचनका साथै गायक÷गायिकाहरुको गीत पनि सुन्न पाइने गुठीले जनाएको छ ।

सम्मेलनलाई नमस्ते ख्वप टेलिभिजन तथा नेवाः सूचना केन्द्रको फेसबुक पेजले लाइभ गर्ने भएको छ ।

 

Categorized in साहित्य-कला