STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज विश्व सम्पदा दिवस

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ५, सोमबार

काठमाडौं - विश्व सम्पदा दिवस आज (सोमबार) परेको छ । सम्पदाहरुको धनी देश नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।

संसारभरका सम्पदाको संरक्षण, प्रवद्र्धन, र महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउने उदेश्यले हरेक वर्ष अप्रिल १८ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । सम्पदाको संक्षण र सम्वर्द्धनका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष यो दिवस मनाउने गरेको छ ।

कुनै पनि मुलुकको ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य अर्थात महत्व झल्काउने स्थल या संरचनाहरू त्यहाँका सम्पदा हुन् । नेपालका सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौं दरवार क्षेत्र विश्व सम्पदा सूचीमा सुचिकृत छन् ।

नेपालमा अहिले विकासका नाममा मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गामाथिको अतिक्रमण बढेको छ । देवी देवताका मूर्तिहरु चोरी हुन्छन् । जीर्ण अवस्थामा रहेका कयौं सम्पदाहरू संरक्षणको पर्खाइमा छन् ।

पर्याप्त बजेटको अभाव र बजेट कार्यान्वयन कमजोर हुँदा सम्पदाको संरक्षण चुनौतीपूर्ण बनेको छ । यस वर्षको विश्व सम्पदा दिवसको नारा ‘सम्पदा र जलवायु संरक्षणका लागि रचनात्मक र अन्तरपुस्ता संवाद’ तय गरिएको छ ।

सबै मिलेर सम्पदा संरक्षण अनुसन्धान र अभ्यासको पूर्ण सम्भाव्यता प्रवर्द्धन गर्दै रणनीतिहरू प्रदर्शन गर्ने यो वर्षको विश्व सम्पदा दिवसको मुख्य योजना छ ।

Categorized in राष्ट्रिय