STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज संवैधानिक परिषदको बैठक बस्ने

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ३०, मंगलबार

काठमाडौं - संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

यसअघि आइतबारका लागि बैठक बोलाइए पनि नेपाली कांग्रेसको देशव्यापी प्रदर्शनका कारण दलका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले उपस्थित हुन नसक्ने जनाएपछि बैठक स्थगित भएको थियो ।

बैठकमा सभामुख अग्नि सापकोटा पनि नगएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो ।

उता, सत्तारुढ नेकपामा भने प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक गर्न लागेकामा अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् ।

पार्टी स्थायी कमिटी बैठक बसिरहेका समयमा पार्टीसँग कुनै सल्लाह नै नगरी संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति गर्न खोजिएको भन्दै दाहालले आपत्ति जनाएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् । ती पदहरुमा संवैधानिक नियुक्ति गर्ने विषयमै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेस सभापति देउवासँग पटक पटक छलफल गरिसकेका छन् ।

पछिल्लो पटक मंसिर २७ मा दुई नेताबीच कुन कुन पद क–कस्ले लिने भन्नेबारेमा समेत छलफल भएको जनाइएको छ ।

सत्तारुढ नेकपामा भने यसअघि मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिश लगायतमा एकलौटी गरेझै यसपटक पनि ओलीले विपक्षी नेतासँग मिलेर एकलौटी गर्न खोजेको आशंका बढेको हो ।

पार्टीको विवाद मत्थर गर्ने प्रयासका लागि स्थायी कमिटीको बैठक चलिरहँदा पार्टीमा सल्लाह नै नगरी लाभका पदमा नियुक्ति गरिए त्यसले थप विवाद चर्किने दाहाल पक्षको भनाइ छ ।

Categorized in राजनीति