STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज संसद्‌मा एमसिसीमाथि छलफलकाे सम्भावना, वानेश्वर क्षेत्रमा ठूलाे संख्यामा प्रहरी परिचालन

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १३, शुक्रबार

काठमाडौं - बानेश्वर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। 

संसद्‍मा एमसीसीबारे प्रस्ताव प्रस्तुत हुने भएपछि विरोधमा हुने सभावित प्रदर्शनलाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले बानेश्वर वरपर बाक्लो संख्यामा प्रहरी परिचालन गरेको हो। बानेश्वर आसपासका क्षेत्रमा सादा पोसाकका प्रहरी, गुप्तचरलाई समेत बिहानैदेखि खटाइएको गृह स्रोतले बताएको छ। 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा समेत एमसीसीबारे छलफल हुने कार्यसूची थियो। तर सत्ता गठबन्धनबीच एमसीसी अनुमोदन गर्नेबारे सहमति हुन नसकेपछि अन्तिम समयमा सभामुख अग्नी सापकोटाले बैठक स्थगित गरेका थिए। बिहीबार समेत बानेश्वर, बिजुलीबजार, बबरमहल लगायतका क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

Categorized in राजनीति