आज सर्वदलीय बैठक बस्दै
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २३, मंगलबार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज मङ्गलवार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक विषयहरूमा छलफल हुने जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टरार्ईले जानकारी दिए ।
सर्वदलीय बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहने छ । मुलुकमा बढ्दो कोरोनाको संक्रमण र गणतन्त्र विरोधी तत्त्वहरू सलबलाइरहेको बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नु महत्त्वपूर्ण रहेको विश्लेषकहरू बताउछँन् ।
सर्वदलीय बैठक बस्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ ।
Categorized in राजनीति

