STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ कार्तिक १७, शनिबार

केके मानन्धर

साहित्यकार होमनाथ खत्री (होम दिम्माली)द्वारा रचित "आत्मिकी अन्धकार” नामक कविता संग्रह हालै लोकार्पण गरिएको छ । भ्रष्टाचार, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित पुस्तकलाई जुबु खप्तडी बस्नेत सेवा समाजले लोकार्पण गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्रष्टा खत्रीले पछिल्लो समय समाजभित्र बढेको खराब प्रवृत्तिलाई प्रहार गर्नुपर्ने बताउनुभयो । "असल शिक्षा र आत्मिकी ज्ञानको अभावले समस्या भएको हो । त्यसैले व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको अवस्था बदल्न सबैको मन सफा हुनुपर्छ ।” स्रष्टा खत्रीको भनाइ थियो ।

लुम्बिनी प्रिन्टिङ सर्भिसले प्रकाशन गरेको कविता संग्रहलाई जेष्ठ नागरिकद्वय कमलबहादुर बस्नेत तथा नन्दकुमारी बस्नेतको आतिथ्यतामा लोकार्पण गरिएको थियो । काठमाडौंको जरङ्खु हाईटमा समाजका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी सम्पादक जुनारबाबु बस्नेतदेखि विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो ।

Categorized in साहित्य-कला