STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आदिवासीका हक, अधिकार र पहिचानको शुरुआत भएको छ’

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २४, शुक्रबार

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालमा आदिवासी जतजातिका हक, अधिकार र पहिचानको शुरुआत भएको बताउनुभएको छ । बेँसीशहरमा आज नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्द्वारा आयोजित २५औँ विश्व आदिवासी दिवस तथा अन्तर्राष्ट्रिय भाषा २०१९ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा राजनीतिक, आर्थिक, भाषा संस्कृतिमा राज्यबाट वञ्चित गरिए पनि अहिले सो अवस्था कायम नरहेकाले अझै जनजातिले संविधानमा समेटिएका सबै कुरा प्राप्त गरी नसकेको बताउनुभयो । एकले अर्काको अधिकार विस्थापित नगरी आफ्नो अधिकार खोज्नुपर्ने उहाँको भनाइ छ । आदिवासीका विभिन्न भाषा, कला, संस्कृति तथा पहिचानले गर्दा मुलुक धनी रहेको उल्लेख गदैै उहाँले भन्नुभयो, “आदिवासीको ऐतिहासिक सङ्ग्रहालय जस्तो मुलुक छ, यस्तो अवस्था विश्वमा कमै पाइन्छ, यसको संरक्षण गर्न जरुरी छ ।” त्यस्तै सो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मायानाथ अधिकारीले आफ्नो भाषा, धर्म, अधिकारलाई व्यवस्थित गर्नका लागि आदिवासी सबै एकजुट हुनुपर्ने बताउनुभयो । आदिवासीको पहिचान र अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने उल्लेख गर्दै उहाँले सविधानमा लेखिएका अधिकार लिन आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, नेकपाका जिल्ला नेता जीवराज घले, आदिवासीका विभिन्न जातजातिका प्रमुख एवं प्रतिनिधिले आदिवासीका हक अधिकार प्राप्तिमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय