relans
ni new 83
nib 2082 5

आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमबाट युवा लाभान्वित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३०, सोमबार

नेवा: पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको आयोजनामा सञ्चालित १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमबाट यो क्षेत्रमा पाइला बढाइ रहेका युवा वर्ग लाभान्वित  भएको बताइएको छ । सो तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तीले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई संविधानले दिएको हक अधिकारका विषय आफ्नो पत्रकारितामा मार्फत उजागर गर्न सुझाव दिनुभयो । उहाँले पत्रकारिता मार्फत आदिवासी जनजाति समुदायका उत्थान तथा विकासका विषयलाई मुल प्रवाहमा ल्याउन केन्द्रित हुन आग्रह गर्दै तालिम प्राप्त सबै प्रशिक्षार्थीलाई पत्रकारिता क्षेत्रमा उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा अतिथिका रुपमा सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई पत्रकारिता क्षेत्रमा इमान्दारिताका साथ खोज अध्ययन गरेर सत्यतथ्य बुझेर पत्रकारिता गर्न सुझाव दिनुभयो ।

समापन कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट तालिममा सहभागी सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सामाजिक विकास विभागका प्रमुख पदम केशर अधिकारीबाट मायाको चिनो साथै आयोजकका तर्फबाट अध्यक्ष सिहंले तालिम प्रदान गर्नुहुने सबै प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

यस्तै तालिममा सहभागी सबै प्रशिक्षार्थीका तर्फबाट तालिमका प्रशिक्षक साथै आयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो ।

काठमाडौं महानगरपालिकाको सहयोग रहेको उक्त १५ दिने तालिम जेठ १५ गतेदेखि जेठ २९ गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा ५७ जना प्रशिक्षार्थीको सहभागी रहेको थियो । तालिममा भाषागत शुद्धताको विषयमा वेदबहादुर राना मगरले प्रशिक्षण दिनुभयो। १५ दिनसम्म चलेको तालिममा सुरेश किरण मानन्धर, प्रमिला मानन्धर, केपी ढुंगाना, शोभा महर्जन बज्राचार्य, मनोजरत्न शाहीलगायतले प्रशिक्षण दिनुभयो। 

प्रशिक्षार्थीको तर्फबाट धारणा राख्दै सुनिता तुलाधर शिल्पकारले प्रशिक्षणमा धेरै कुरा सिक्न पाएको बताउनुभयो। ‘हामी खाली गाग्री भएर आएका थियौं, खाली गाग्रीमा ज्ञानका कुरा भर्न पाएका छौँ।’ 

समापन कार्यक्रममा बोल्नुहुँदै आयोजक नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौंका अध्यक्ष अर्विन्द्रमान सिंहले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई धन्यवाद दिनुभयो। कार्यक्रमका सभापति एंव नेवा पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाका अध्यक्ष अरविन्द मान सिंहले आयोजना गरिएको यस तालिमले नवोदित पत्रकारहरुका लागि पत्रकारिता क्षेत्रमा लाग्न एउटा जग बसालेको बताउनुभयो । उहाँले घर बनाउन जसरी जग चाहिन्छ,त्यस्तै यस तालिमले प्रशिक्षार्थीहरुलाई पत्रकारिता क्षेत्रमा आफ्नो जग बसालेको बताउनुभयो ।

Categorized in उपत्यका
ppp 2